कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू
कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू भएको छ । प्रदेशसभा संसद सचिवालयमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।
बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।
बैठकले मन्त्रीहरूको राजीनामा बुझाउन निर्देशन नदिए पनि नयाँ सरकार बनाउने विषयमा ठोस निर्णय गर्न सक्ने स्रोतको दाबी छ ।