images

May 03 2024 | २०८१, वैशाख २१ गते

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

    धनगढी । सुदुरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। समाजवादीका सोडारीले सत्ता गठन्धनबाट एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुईजना सांसद र स्वतन्त्र एकसहित प्रदेश प्रमुख नजिर मियाँ समक्ष दाबी पेश गरेका थिए।

    images
    images

    सोही दाबीअनुसार प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। आइतबार नाउपाका दुई जना दाबी परेपछि त्यसलाई अस्वीकार गर्दै प्रमुख मियाँले दुई दिनको समय दिएर मंगलबार पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।

    एमालेले सोडारीलाई समर्थन गर्न आनाकानी गरे पनि अन्तिम समय आएर समर्थन दिएपछि सत्ता गठबन्धनबाटै सोडारीको दाबी पेश भएको थियो।

    ५३ सदस्यीय प्रदेशमा सरकार निर्माणका लागि २७ जना सांसदको समर्थन आवश्यक थियो। सोडारीको पक्षमा माओवादीका १० जना, एमालेका १०, समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई र एक स्वतन्त्र सांसदले समर्थन जनाएका छन्।

    नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षका पाँच जनाले भने सोडारीलाई समर्थन दिएका छैनन्। १८ सिटसहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेस विपक्षीमा बस्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट