images

May 03 2024 | २०८१, वैशाख २१ गते

नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
  • नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

    काठमाडौँ । एसीसी टी-२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ।

    images
    images

    ओमनको अल अमेरत रंगशालामा शुक्रबार पहिले ब्याटिङ गर्दै नेपालले नौ विकेटको क्षतिमा ११९ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए। उनले ४० बलमा चार चौका र दुई छक्का प्रहार गरे।

    त्यस्तै, गुल्सन झालले २० र करण केसीले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

    यूएईका लागि अलि नसिर र बलिस अहमदले दुई-दुई तथा जुनैद सिद्दिकी, ओमिद शफी रहमान, आयान अफजल खान र मुहम्मद फारूकले एक-एक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट