images

May 17 2024 | २०८१, जेठ ४ गते

वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल, दीपेन्द्रले कप्तानी गर्ने

वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल, दीपेन्द्रले कप्तानी गर्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
  • वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल, दीपेन्द्रले कप्तानी गर्ने

    काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा नेपालले टस हारेको छ । टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको छ । आजको खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानको जिम्मेवारी सम्हाल्ने छन् ।

    images
    images

    अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

    आजको खेलमा लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

    यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

    यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी–२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रूपमा लिएको छ । नेपालले टी– २० विश्वकपको टिम सम्भवतः आजै सार्वजनिक गर्दै छ । आज टी–२० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट