images

May 19 2024 | २०८१, जेठ ६ गते

जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक : उद्योगमन्त्री भण्डारी

जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक : उद्योगमन्त्री भण्डारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक : उद्योगमन्त्री भण्डारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताएका छन् ।

    images
    images

    मंगलबार नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ‘स्वदेशी’ समिट २०२४ को उद्घाटन गर्दै उनले जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउन धेरै ठूलो सुधारको आवश्यकता रहेको बताए । 

    मन्त्री भण्डारीले सरकारलाई निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहित गर्दै योगदान बढाउन सबै मिल्नुपर्ने बताए । उनले तुलनात्मक लाभ लिएर व्यापार बिस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । उनले उद्योगको प्रवर्द्धन गर्ने, स्वदेशी उद्योगलाई महत्त्व दिन पनि मन्त्रालय तयार रहेको पनि बताए ।

    मन्त्री भण्डारीले विदेशी लगानी आकर्षित गर्न र उद्योग क्षेत्रमा कसरी लगानी प्रवर्द्धन गर्न सकिन्छ ? विदेशी लगानीकर्तालाई भित्र्याउन सकिन्छ भन्नेमा निजी क्षेत्रको अनुभवसमेतको आधारमा विदेशी लगानीकर्ता प्रोत्साहित गर्न निजीक्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

    मन्त्री भण्डारीले सरकारले उद्योग सञ्चालन गर्ने नभई सहुलियत प्रदान गर्ने रहेको बताए । उनले सरकारले विशेष गरी कानुनी जटिलताको समाधान गर्ने रहेको बताए ।  उनले कानुनी जटिलता समाधान गर्न सरकारले अझै नसकेको बताए । उनले यही समयावधिमा पनि संसद सञ्चालन भएको दुई वर्ष पुग्न लागेको भन्दै दुई वर्षमा जम्मा दुईवटा पनि कानुन बन्न नसकेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट