images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सुनको भाउले फेरी बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ४४ हजार 

सुनको भाउले फेरी बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ४४ हजार 

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
  • सुनको भाउले फेरी बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ४४ हजार 

    काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ।  गत जेठ २२ गते १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो।

    images
    images
    images

    बिहीबार छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज एकैदिन १ हजार ८०० रुपैयाँ बढेपछि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज  प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

    अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३६८ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ४३ पैसामा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार