एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने
एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने
काठमाडौँ । एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ड) दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ति विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिने पाउने भएका हुन् ।
२०८० सालको एसईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका थिए । जसमध्ये दुई विषयमा एनजी भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् ।
जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ । भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।