images

Jul 08 2024 | २०८१, असार २४ गते

सुन तोलामा रु एक हजार छ सयले बढ्यो

सुन तोलामा रु एक हजार छ सयले बढ्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • सुन तोलामा रु एक हजार छ सयले बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । 

    images
    images

    यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ  ।

    यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट