Sep 08 2024 | २०८१, भदौ २३ गते

लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 

लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २५ २०८१
  • लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 

    काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ८२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

    images
    images

    बैंकले मंगलबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

    बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा ल्याइएको उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र त्यससम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिन सक्नेछन् ।

    तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने कुनै लिखित जानकारी नआएमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट