Sep 08 2024 | २०८१, भदौ २३ गते

प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै काट्यो थप दुई उद्योगको लाइन  

प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै काट्यो थप दुई उद्योगको लाइन  

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २७ २०८१
  • प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै काट्यो थप दुई उद्योगको लाइन  

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै थप दुई उद्योगको लाइन काटेको छ ।

    images
    images

    प्राधिकरणले जगदम्बा सिन्थेटिक्स र  हुलास स्टिलको लाइन काटेको हो । जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख रुपियाँ बक्यौता रहेको प्राधिकरणको दाबी छ ।

    प्राधिकरणले मंगलबार मात्रै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख, रिलायन्सको ६० करोड २९ लाख रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपियाँ बक्यौता छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार