Sep 08 2024 | २०८१, भदौ २३ गते

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३० २०८१
  • आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई

    काठमाडौँ । नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरेको छ ।

    images
    images

    राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जयन्तीका अवसरमा परिषद्द्वारा आयोजित कार्यक्रममा प्राध्यापक शिवगोपाल रिसालले उक्त पुरस्कार प्रदान गरे ।

    पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ । परिषद्ले विसं २०५२ देखि नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । 

    यसअघि शनिबार बिहान परिषद्का तर्फबाट दरबार हाइस्कुल अगाडि रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पणगरी नेपाली भाषा र साहित्यका क्षेत्रमा उनले पु-याएको योगदानका बारेमा स्मरण गरिएको परिषद्का अध्यक्ष रमा शर्माले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट