Sep 08 2024 | २०८१, भदौ २३ गते

तोलामा  तीन सयले घट्यो सुनको मूल्य

तोलामा  तीन सयले घट्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३ २०८१
  • तोलामा  तीन सयले घट्यो सुनको मूल्य

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । 

    images
    images

    त्यस्तै, बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट