Sep 08 2024 | २०८१, भदौ २३ गते

विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा

विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
  • विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा

    काठमाडौँ । विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल (एपीआई)ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री वितरण गर्नेछ । 

    images
    images

    शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच योकोहामा टायर नेपाली बजारमा प्रवेश गरेको घोषणा गरिएको थियो । शुक्रबार ‘डिलर मिट’मार्फत् टायरको ‘लन्च’ गरिएको थियो ।

    योकोहामा इन्डियाका प्रबन्ध निर्देशक हरिन्दर सिंहले योकोहामा समूहका लागि नेपाल महत्वपूणर् बजार रहेको भन्दै नेपालको भौगोलिक अवस्था र सडकअनुसार योकोहामाको टायर उपयुक्त र किफायती समबित हुने बताए । नेपालको भूगोलका लागि उपयुक्त टायर योकोहामा रहेको राबी गरेका उनले नेपाललाई विश्वस्तरीय टायर उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए ।

    अटो पाट्र्स इन्टरनेशनल (एपीआई) का प्रबन्ध निर्देशक सगुन कंसाकारले योकोहामासँगको साझेदारीप्रति उत्साह व्यक्त गर्दै नवीनतम र गुणस्तरका लागि विश्व प्रख्यात योकोहामासँग सहकार्य गर्न पाउँदा आफूहरुले सम्मानित महशुस गरेको बताउँदै नेपाली उपभोक्तालाई स्तरीय सेवा प्रदान गर्ने र नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्ने लक्ष्य आफ्नो रहेको बताए ।

    १०७ वर्षको इतिहास बोकेको योकोहामाले आफ्नो उत्पादनमा सँधै उत्कृष्टता दिने गरेको छ । सन् १९१७ मा स्थापना भएको यस कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा समेत जोड दिने गरेको छ भने विश्वव्यापी रूपमा यसको उत्पादन र बजार विस्तार आक्रामक रहँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट