Sep 08 2024 | २०८१, भदौ २३ गते

१० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानुमा वृक्षारोपण 

१० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानुमा वृक्षारोपण 

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ६ २०८१
  • १० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानुमा वृक्षारोपण 

    भानु । देशैभर १० लाख बिरुवा लगाउने अभियानअन्तर्गत भानु नपा ११ मा वृक्षरोपण थालिएको छ ।

    images
    images

    लुम्बिनी विश्व शान्ति मन्चको सकृयता र कम्युनिटी लिडरशीप नेपालको सहकार्यमा त्रिभुवन मावि प्राङ्गणमा आइतबार वृक्षरोपण थालियो । 

    भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले वृक्षरोपण शुरुवात गर्दै भानुलाई लिची र आँपको पकेट क्षेत्र बनाइने घोषणा गरे ।

    कार्यक्रममा १०३ वटा आँप लिची, अम्बा, बयर स्टारफ्रुट र जामुन प्रजातिका बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक हिरामणी ढुंगानाले जानकारी दिए ।

    ग्रीन आर्मी नेपालका सदस्य तथा स्थानीय जनप्रतिनिधिले वृक्षरोपणमा सघाएका थिए । लुम्बिनी विश्व शान्ति मन्चले हालसम्म देशभर लगाएको १ लाख बढी बिरुवा हुर्किसकेको अध्यक्ष बासु गौतमले बताए ।

    मन्चले जलवायु जोखिम कम गर्न देशैभर वृक्षरोपण र रुख संरक्षण अभियान सन्चालन गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट