Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ९ २०८१
  • प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

    images
    images

    नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् । उनले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गरेका छन् । 

    सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिएका छन् ।

    आज बिहान ११ः११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट