Sep 19 2024 | २०८१, असोज ३ गते

आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने

आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
  • आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने

    काठमाडौँ । आज राति नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित हुने भएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने भएको हो ।

    images
    images

    उनका अनुसार उक्त समयमा रिचार्ज र डाटा प्याकेज अवरुद्ध हुनेछ ।  कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ ।

    तर उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार