Sep 19 2024 | २०८१, असोज ३ गते

नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित  : जनार्दन शर्मा

नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित  : जनार्दन शर्मा

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
  • नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित  : जनार्दन शर्मा

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली शान्तिप्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

    images
    images

    प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि उनले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष  आठ महिना ११ दिनपछि महत्वपूर्ण सहमति भएको बताए ।

    सो अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत सम्पन्न भइसकेका छन् । उनले भने, “द्वन्द्वपीडितलाई न्याय, परिपूरण र  मेलमिलाप ढिलाइ भइरहेको थियो । आज महत्वपूर्ण सहमति भएको छ ।”  

    नेता शर्माले भने, “सम्मानित अदालतको आदेशबमोजिम टिआरसी विधेयक संशोधनका लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला पक्ष र विज्ञको सल्लाह, सुझाव, सहयोग लिई सहजीकरण गर्न सफल भएका छौँ ।”

    उनले यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी काम चाँडो पूरा हुने विश्वास व्यक्त गरे । उपमहासचिव शर्माले यस क्रममा सल्लाह–सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सबै र महत्वपूर्ण कामको जिम्मेवारी दिनुहुने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिएका छन् । प्रमुख तीन दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आज सहमति जुटेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट