Sep 17 2024 | २०८१, असोज १ गते

‘मोदिबेनी’ चाँडै प्रदर्शनीमा आउँदै

‘मोदिबेनी’ चाँडै प्रदर्शनीमा आउँदै

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
  • ‘मोदिबेनी’ चाँडै प्रदर्शनीमा आउँदै

    काठमाडौँ । नेपाली चलचित्र ‘मोदिबेनी’को  चलचित्रकर्मीले प्रसंशा गरेका छन् । यही साउन १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको बुधबार कमलपोखरीस्थित एक चलचित्र भवनमा गरिएको पहिलो प्रदर्शनी (फस्ट प्रिमियर) मा सहभागी चलचित्रकर्मीले प्रसंशा गरेका हुन् । 

    images
    images

    पर्वतको मोदीबेनी क्षेत्रको कथामा आधारित रहेर तयार पारिएको चलचित्र ‘मोदीबेनी’मा ग्रामीण सौन्दर्यसँगै सशक्त कथा पाएको अभिनेता रमेश उप्रेतीले बताए । “यसको प्राविधिक पक्ष राम्रो छ, सबै कलाकारले राम्रो काम गर्नुभएको छ । यो चलचित्र अरुभन्दा फरक छ, यसको निर्देशकसहित निर्माण पक्षलाई धन्यवाद”, उनले भने । 

    अभिनेता निर्मल शर्माले नेपालको ग्रामीण भेगलाई यसैगरी चलचित्रमा प्रस्तुत गरिनुपर्ने धारणा राखे । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रले दर्शकलाई कथावस्तुसँग सहजै जोड्ने बताए । “हाम्रो आफ्नो मौलिक कथालाई विषय बनाएर तयार गरिएको चलचित्रले ग्रामीण सौन्दर्यको प्रचार गरेको छ । मलाई कमेडीको विधा निकै मनपर्छ, मैले भरपुर मनोरञ्जन लिएँ”, उनले भने। 

    यसै चलचित्रमार्फत नौ वर्षपछि अभिनयलाई निरन्तरता दिएकी अभिनेत्री रेजिना उप्रेतीले आफूलाई पर्दामा हेर्दा भावुक भएको बताइन् । उनले भनिन्, “आफैँलाई पर्दामा हेर्दा अर्कै महसुश गरेँ । यती लामो समय किन म टाढिएँ भन्ने लायो । अब अभिनयलाई निरन्तरता दिन्छु ।”

    निर्देशक शङ्कर कोइरालाले आफ्नो वृतचित्रको अनुभवलाई चलचित्रमा प्रयोग गरेको बताए ।  उनले पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा चलचित्र तयार गरिएकाले मनोरञ्जनसँगै उक्त क्षेत्रको जनजीवन र समाजलाई यसले दर्शाउने बताए । 

    चलचित्रमा अभिनेता सरोज खनाल, अभिनेत्री वर्षा सिवाकोटी, रेजिना उप्रेती, नवअभिनेता अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।

    चलचित्र ‘मोदीबेनी’ लाई डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसमा आनन्द विक्रम क्षेत्रीले कथा लेखन, उत्सव दाहालले छायाङ्कन, भरत रेग्मीले सम्पादन तथा एसडी योगी र शान भुसालले सङ्गीत भरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार