Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

एन आई सीले आ.व. २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने  

एन आई सीले आ.व. २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने  

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १७ २०८१
  • एन आई सीले आ.व. २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने  

    काठमाडौँ । एन आई सी एशिया क्यापिटल लिमिटेडले आ.व. २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

    images
    images
    images

    एन आई सी एशिया क्यापिटल लिमिटेडको हिजो बुधबार सम्पन्न संचालक समितिको १४३औं बैठकको निर्णयानुसार क्यापिटलको आठौं वार्षिक साधारण सभा यही मिति २०८१ भाद्र ११ गते (तदनुसार अगष्ट २७, २०२४) मंगलबारका दिन एन आई सी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा बिहान ९ बजे गर्न लागिएको हो ।

    उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने विज्ञप्ती मार्फत जनाइएको छ ।

     छोटो समयमा नै ग्राहकहरु माँझ लोकप्रिय बन्दै गइरहेको यस एन आई सी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभा सम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठाैँ वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । 

    साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु-याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा इलष्लिभ मा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु इलष्लिभ मार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट