Sep 17 2024 | २०८१, असोज १ गते

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ : मन्त्री सुडी

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ : मन्त्री सुडी

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २१ २०८१
  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ : मन्त्री सुडी

    काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रिया अघि बढेको बताएका छन् ।

    images
    images

    प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुडीले ऐनको मस्यौदा स्वीकृतिका लागि चाँडै मन्त्रिपरिषद्मा लैजाने बताए । अहिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधनका लागि मस्यौदा तयार भएको र रायका लागि अर्थ मन्त्रालय पठाइएको उनले बताए। अर्थ मन्त्रालयको स्वीकृतिपछि त्यसलाई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइने उनको भनाइ छ । 

    त्यस्तै, नेपाल बाल सङ्गठनको विधान निर्माणको प्रक्रिया अघि बढेको मन्त्री सुडीले बताए । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि निरोध एवम् रोकथाम, उद्धार तथा संरक्षण, कानुनी कारबाही, क्षमता अभिवृद्धि अनुगमन र मूल्याङ्कनको काम भइरहेको उनको भनाइ छ । त्यस्तै, विभिन्न निकायसँग समन्वय सहकार्य गरी मानव बेचबिखन रोकथामका लागि भइरहेको मन्त्री सुडीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार