Sep 17 2024 | २०८१, असोज १ गते

छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २४ २०८१
  • छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

    महोत्तरी । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    images
    images

    पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो । मिनी ट्रक  प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार