Sep 19 2024 | २०८१, असोज ३ गते

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकरी  र नेपालका चीनका राजदूत चेन सोङ्ग वीच  भेटवार्ता 

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकरी  र नेपालका चीनका राजदूत चेन सोङ्ग वीच  भेटवार्ता 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
  • कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकरी  र नेपालका चीनका राजदूत चेन सोङ्ग वीच  भेटवार्ता 

    काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास  मन्त्री रामनाथ अधिकारी र  नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत  चेन सोङ्ग वीच विहीबार  सिहंदरवार  स्थीत मन्त्रालयमा भेटवार्ता भएको  छ  ।  
    राजदुत चेन सोङ्ग र मन्त्री अधिकारी वीच भएको छलफलमा नेपालवाट भैरहेको  र हुन सक्ने  कृषि उपज र मासूजन्य वस्तुको   निर्यातलाई सहजीकरण गरिदिन मन्त्री अधिकारीले  राजदुत सोङ्गलाई आग्रह गरे  ।

    images
    images

    नेपालबाट चीनमा थर्मल प्रशोधित भैसीको मासु निर्यात गर्नको लागि चीनको भन्सार प्रशासनसंग आवश्यक समन्वय भएको उल्लेख गर्दे  मन्त्री अधिकारीले  त्यस सम्बन्धी प्रोटोकल नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भई चिनिया पक्षमा पठाई सकिएकाले  त्यस प्रोटोकलमा हस्ताक्षर गर्न तथा कार्यान्वयन गर्न राजदुतबाट विशेष पहल हुने अपेक्षा व्यक्त गरे ।

    मन्त्रालयले औषधिजन्य वनस्पति निर्यातको लागि चीनको भन्सार प्रशासनसंग समन्वय भएको र याक तथा चौरीको नश्ल सुधार तथा मूल्य श्रृखँला प्रवर्द्धन गर्नको लागि चीन सरकारसंग अनुरोध गरिएको  जनाएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएको हुनाले चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण  हुने  अपेक्षा लिएको  वताए  ।

    दुई देश विच भएको  विभिन्न समझदारी र अन्य विषयहरुमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्न  सकिने आशा  मन्त्री अधिकारीले  राजदुत सोङ्ग समक्ष  व्यक्त गरे  ।

    भटवार्ताका क्रममा राजदुत सोङ्गले  कृषि क्षेत्रमा चीनले  ठुलो  उपलब्धी हासिल गरेको  चर्चा गर्दे  नेपाल सरकाले  विशेष गरि  कृषि क्षेत्रको  उत्थानका लागि चालेको  कदममा चीनको  सहयोग रहने प्रतिबद्दता व्यक्त गरे  ।  च्याउको  खेतीवाट चीनको  गरिवी घटाउन सहयोग पुगेको  भन्दै राजदुत सोङ्गले  मन्त्रालय समक्ष आफनो  तर्पmवाट राखेको   यस्तै प्रस्ताव स्वीकृत भए यसका लागि चीन सहयोग गर्न तयार  रहेको  जानकारी गराए   ।  राजदुत सोङ्गले  च्याउ खेती मार्फत गरिवी उत्थानमा सहयोग पुग्ने  चिनियाँ प्रस्ताव मन्त्री अधिकारी समक्ष हस्तान्तरण गरे ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार