Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २५ २०८१
  • सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा  सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई लाइन नबसी  सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गरे। “सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई निजी क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”, प्रधानमन्त्रीले भने ।

    बिरामीलाई  अस्पतालमा भर्ना नगरेसम्म उपचार नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उनले स्वास्थ्य बीमालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गरे ।

    छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कायमुकायम मुख्यसचिव, स्वास्थ्य मन्त्रालयका सचिवलगायत उच्च अधिकारी सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट