Sep 17 2024 | २०८१, असोज १ गते

भुवन महर्जनको गीत “तिमरो स्पर्श” सार्वजनिक

भुवन महर्जनको गीत “तिमरो स्पर्श” सार्वजनिक

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३ २०८१
  • भुवन महर्जनको गीत “तिमरो स्पर्श” सार्वजनिक

    काठमाडौँ । मगन इन्टरटेन्मेन्टको निर्माणमा गायक तथा संगीतकार भुवन महर्जनले ‘तिम्रो स्पर्श’ नामको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कीर्तिपुर सिनेप्लेक्स हलमा भएको प्रिमियर कार्यक्रम समारोहमा क्रसरोड ब्याण्डका वरिष्ठ गायक सञ्जय श्रेष्ठ प्रमुख अतिथि थिए ।

    images
    images

    कार्यक्रममा किपु नगरपालिका वडा नम्बर २ की कार्यवाहक अध्यक्ष शर्मिला श्रेष्ठ महर्जन विशेष अतिथिका रुपमा उपस्थित थिइन् भने चर्चित गायक प्रार्थना शाक्य, रोजमान महर्जन, मनोजकुमार महर्जन र रोहन महर्जनको उपस्थिति थियो ।

    उद्घाटन समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक सञ्जय श्रेष्ठले म्युजिक भिडियोका प्राविधिक, कलाकार र समर्थकलाई सम्मान गरेका थिए । भुवन महर्जनको गीत “तिमरो स्पर्श” को गायक, लेखक तथा संगीतकार भुवन महर्जन हुन् भने द भ्वाइस अफ नेपाल सिजन ४ का प्रतियोगी प्रिजोल नेपालीको संगीत तथा संगीत संयोजन रहेको गीतको रेकर्डिङ प्रिन्स नेपाली सारंगी स्टुडियोमा भएको हो ।

    म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन रजिन महर्जनले गरेका छन् भने म्युजिक भिडियोमा राष्ट्रिका शाक्य र समिशन जीसिको अभिनय रहेको छ । म्युजिक भिडियो मगन इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

    भिडियो हेर्नका लागि

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार