Sep 17 2024 | २०८१, असोज १ गते

स्थानीय तथा रैथाने  जातको सम्बद्र्दन गर्दे उत्पादन बृद्धि आजको  आवश्यकता : कृषि मन्त्री अधिकारी  

स्थानीय तथा रैथाने  जातको सम्बद्र्दन गर्दे उत्पादन बृद्धि आजको  आवश्यकता : कृषि मन्त्री अधिकारी  

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ६ २०८१
  • स्थानीय तथा रैथाने  जातको सम्बद्र्दन गर्दे उत्पादन बृद्धि आजको  आवश्यकता : कृषि मन्त्री अधिकारी  

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास  मन्त्री रामनाथ अधिकारीले  नेपालमा रहेका स्थानीय तथा रैथाने  जातको सम्बद्र्दन गर्दे उच्च उत्पादन दिने  बिउ तथा प्रबिधिको आयात गरी उत्पादन बढाउनु पर्ने वताएका छन्  । आज काठमाडौमा सूरु भएको  अन्तराष्ट्रिय बीउ सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले  हावापानी र भौगोलिक अवस्थितीका कारण गुणस्तरीय बीउ बिजन उत्पानदका लागि नेपाललाई  उत्कृष्ट गन्तब्यको रुपमा विकास  गर्ने सकिने  उल्लेख गर्दे मन्त्री अधिकारीले  यसका लागि सरकारी ,सहकारी र  निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

    images
    images

    मन्त्री अधिकारीले  खाध तथा पोषण सुरक्षाको  सुनिश्चितताका लागि कृषि उपजको  उत्पादन र  उत्पादकत्व बृद्धि नै पहिलो सर्त भएपनि जलवायु परिवर्तन र  खाध तथा कृषि प्रणालीमा आएको  व्यापक परिवर्तनले हाम्रो  कृषि र  कृषि प्रणाली प्रभावित भैरहेको  उल्लेख गरे।  

    उनले  कृषि क्षेत्रमा बदलिँदो परिस्थीतिको  सामना गर्दे कृषि उत्पादनको  वृदि मार्फत खाध तथा पोषण सुरक्षा सुनिश्चितताको लागि उन्नत जातका गुणस्तरीय बीउ बीजनको प्रयोग र  विस्तारको  आवश्यकतामा जोड दिए   ।  बीउ बिजन क्षेत्रमा नेपालमा विधमान सम्भावनाको  खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास  तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बीउ उत्पादन कार्यमार्फत नेपालको खाध सरुक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने  अपेक्षा व्यक्त गरे ।

    कृषि तथा पशुपन्छी विकास  मन्त्रालय ,नेपाल कृषि अनुसन्धान परिषद ,नेपाल बीउ व्यवसायी संघ लगायतको  सहकार्यमा सम्मेलनको  आयोजना गरिएको  हो   ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार