Sep 16 2024 | २०८१, भदौ ३१ गते

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
  • सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको हो । यसअघि प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको छ । 

    images
    images

    यता, चाँदीको मूल्यमा पनि उच्च बृद्धि भएको महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार