Sep 17 2024 | २०८१, असोज १ गते

झापामा नाबालिगमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ 

झापामा नाबालिगमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ९ २०८१
  • झापामा नाबालिगमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ 

    झापा । झापामा १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-५ मा किशोरीलाई सात जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न एक फरार छन्। शुक्रबार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ।

    images
    images

    बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन्। अर्जुनधारा-८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पनि पक्राउ गरिएको छ।

    उनीहरुले शुक्रबार राति अर्जुनधारा-८ नयाँ बजारस्थित बाख्रा हाटको फलैंचामा ती बालिकालाई बलात्कार गरेका थिए। पीडित बालिकाको उपचार भइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार