Sep 17 2024 | २०८१, असोज १ गते

ममता काफ्लेका श्रीमानको गुगल खोजी-श्रीमती ‘मरेको’ कति समयपछि अर्को बिहे गर्न मिल्छ ?

ममता काफ्लेका श्रीमानको गुगल खोजी-श्रीमती ‘मरेको’ कति समयपछि अर्को बिहे गर्न मिल्छ ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ११ २०८१
  • ममता काफ्लेका श्रीमानको गुगल खोजी-श्रीमती ‘मरेको’ कति समयपछि अर्को बिहे गर्न मिल्छ ?

    काठमाडौँ । अमेरिकामा बेपत्ता नर्स ममता काफ्लेका श्रीमान् नरेशदत्त भट्टले आफ्नो कम्प्युटरमा 'श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?' भनेर अनलाइनमा सर्च गरेको पाइएको छ। श्रीमती बेपत्ता पारेको आरोपमा उनीबिरुद्ध सोमबार मुद्दाको सुनुवाइ भएको थियो। 

    images
    images

    सुनुवाइका क्रममा मुद्दाका अभियोजकहरुले अमेरिकी सेक्रेट सर्विसले प्रमाण पेश गरेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगल गरेका छन्,  'श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?'

     भट्ट नर्स श्रीमती काफ्लेको हत्याका लागि लामो समयदेखि तयारी गरिरहेको प्रमाणका रुपमा उक्त कुरालाई उल्लेख गरिएको छ। श्रीमती बेपत्ता पारेको प्रशस्त प्रमाण रहेको भन्दै उनलाई धरौटीमा छाड्न उनका वकिलले गरेको निवेदन  न्यायाधीशले सोमबार पनि खारेज  गरेका छन्।  नर्स काफ्लेको शव अहिलेसम्म फेला परेको छैन र नरेश भट्टलाई हत्याको आरोप भने लगाइसकिएको छैन। उजुरीमा भने भट्टले श्रीमतीको हत्या गरेको उल्लेख  छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार