Sep 17 2024 | २०८१, असोज १ गते

एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो  हवाइ टिकटमा १०५ छुटसहित अन्य सुविधा

एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो  हवाइ टिकटमा १०५ छुटसहित अन्य सुविधा

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १२ २०८१
  • एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो  हवाइ टिकटमा १०५ छुटसहित अन्य सुविधा

    एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा NIC ASIA Sky Club Card  सार्वजनिक गरेको छ । Visa Co–branded Card  का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्नेछ भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।

    images
    images

    यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछ भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नेछ ।

    यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको Sky Club Card  मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्नेछ ।

    यो कार्ड लिनका लागि ग्राहकहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछ । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार