Sep 17 2024 | २०८१, असोज १ गते

शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सफलताका साथ सम्पन्न

शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सफलताका साथ सम्पन्न

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १४ २०८१
  • शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सफलताका साथ सम्पन्न

    ललितपुर । नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार २९ अगस्ट (भाद्र १३) का दिन होटेल हिमालय, ललितपुरमा सम्पन्न भएको छ । नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप (ENSSURE)  परियोजनाको सहयोगमा आयोजित सेमिनार शिक्षा र रोजगारी बिचको सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली युवाहरुलाई रोजगारमूलक सिप प्रदान गरि रोजगारीका लागि योग्य बनाउने विषयमा केन्द्रित थियो । 

    images
    images

    नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा र तालिम (टी–भेट) मा निजी क्षेत्रको संलग्नताका लागि विद्यमान चुनौतिहरुको सम्बोधन गर्ने, निजि क्षेत्रको सहभागिता अभिबृधदी गर्न नीतिगत सुझाव प्रदान गर्ने, र टी–भेटलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउने ल्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो । 

    कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले  शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीतिहरु बनाइनुपर्ने बताए । २०४५ सालमा स्थापना भएको सीटीइभीटी २०८१ सालमा आइपुग्दा पनि २०४५ सालकै नीति अनुरुप चलिरहेको बताए। कम्तिमा पनि सीटीइभीटीको पाठ्यक्रम र पुनर्संरचनामा सुधार गर्नुपर्नेमा उनले जोड दिए । 

    कार्यक्रमका मुख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम ई।टि।एच। ज्युरिकका प्रोफेसर डा. उर्सुला रेनोल्डस्ले संघिय संरचनामा टी–भेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नता हुनुपर्ने बताए । शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिए । 

    नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सीपको ठूलो अभाव रहेको बताए । उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको बताउँदै दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्नेमा जोड दिए । उद्योगका लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण (Dual VET Apprenticeship)  कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए । 

    स्विस दुतावासका डेप्युटी हेड अफ मिसन/चार्जे डी’अफेयर्स माथियास मेईरले स्विटजरल्याण्डले ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा बिगत एक वर्ष भन्दा लामो समय देखि प्रवर्धन गर्दै आइरहेको बताए । 

    यसैगरि सी.टी.ई.भि.टी. का सदस्य–सचिव महेश भट्टराई, होटेल संघ नेपालका अध्यक्ष विनायक शाह, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सिपयुक्त जनशक्ती बनाउन नेपाली युवाहरुलाई शिक्षा र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औल्याए ।

    सेमिनारमा दुई वटा प्राविधिक सत्रहरु राखिएको थियो । पहिलो सत्रमा टी–भेट कार्यक्रमहरुमा संलग्नताको लागि निजी क्षेत्रको भूमिका, नीतिगत व्यवधान र सम्भावित उपायहरुको खोजिका सन्दर्भमा छलफल गरिएको थियो । उक्त सत्रमा नेपालमा ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण, युवा तथा उद्योगहरुलाई औद्योगिक प्रशिक्षणका फाइदाहरुका बारेमा गरिएको अध्ययनका नतिजाहरु र टी.ई.भि.टी मा नीतिगत अभाव सम्बन्धि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यी विषयहरुमा संसदीय शिक्षा समिति, शिक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघ र उद्योग बाणिज्य महासंघका प्रादेशिक प्रतिनिधिहरुबीच छलफल गरिएको थियो । 

    दोस्रो सत्रमा टी–भेट कार्यक्रमको तालिम अवधिमा निजी क्षेत्रको भूमिकाअन्तर्गत विद्यमान अभ्यासहरुका साथै सुधारका आवश्यकताहरुको बारेमा छलफल गरिएको थियो । नेपालमा टी–भेट स्कुलहरुको अवस्था र उद्योगहरुले नेतृत्व गरेको क्षेत्रगत सिप समितिहरुले रोजगारदाताका आवश्यकता र उत्पादनबीचको दुरी कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुति पछी क्षेत्रगत सिप समिति, सी.टी.ई.भी.टी. र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिहरु सम्मिलित प्यानलमा छलफल भयो । 

    कार्यक्रममा होटेल व्यवस्थापन तथा अटोमोबाइल औद्योगिक प्रशिक्षण प्रि–डिप्लोमा कार्यक्रमका प्रशिक्षार्थीबीच सिप प्रतिष्पर्धा समेत आयोजना गरिएको थियो । प्रतिष्पर्धामा सहभागी प्रशिक्षार्थीहरुले सवारी साधन मर्मत र खाना पकाउने कला प्रदर्शन गरेका थिए । 

    कार्यक्रममा पन्चकन्या ग्रुप प्रा.ली., नेपाल इकरात इन्जीनियरिंग प्रा.ली, अरिहान्त मल्टी फाइबर्स लि., सी.जी. मोटो कर्पोरेसन, र एयरपोर्ट होटेल अप्रेन्टीसशिप च्याम्पियन अवार्डबाट सम्मानित भए । औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रममा संलग्न भइ बिपन्न बर्गका युवा तथा महिलालाई प्राथमिकता दिई आफ्नो उद्योगमा धेरै संख्यामा प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको लागि स्थान दिई कार्यक्रमलाई सक्रिय रुपमा सहयोग गर्ने उद्योगहरुलाई सम्मान स्वरूप पुरस्कृत गरिएको हो ।

    यसका साथै सिप प्रतिस्पर्धाका बिजयी प्रशिक्षार्थीहरु बसन्त कुमार चौधारी, रबिना राई र रश्मि मुखियालाई पुरस्कृत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार