Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाडाैँ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाडाैँ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ३१ २०८१
  • राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाडाैँ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

    काठमाडौँ । राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा किडपावर नेपालको आयोजना र लक्ष्मी सन्राइज बैंकको सौजन्यमा काठमाडौँ उपत्यकाका तीनैवटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको थियो ।

    images
    images

    तालिम प्रदान गरिएका विद्यालयहरु क्रमशः गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँ, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम गत भाद्र २५, २०८१ देखी भाद्र २८, २०८१ सम्म संचालन गरिएको थियो ।  

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरु, सहायक प्रधान अध्यापकहरु, शिक्षकहरु लगायत लक्ष्मी सन्राइज बैंकका शाखा प्रमुखहरुको उपस्थितीमा उक्त तालिम संचालन गरिएको थियो । 

    गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष  गया प्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्दक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यस्को प्रभावकारिता अझ बढ्ने बताए ।

    यसैगरी  सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधान अध्यापक  मीन बहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाईने बताए । साथै, उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरुमा समेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे ।

    यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थी लगायत शिक्षकहरुलाई समेत दिन सके यसले संरक्षित बातावरणमा पठन पाठनमा सहयोग पुर्याउने कुरा गान्धी आदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेको भनाई रहेको थियो । यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्र्तताकालागि आदर्श माध्यमिक विद्यालयका प्रधान  अध्यापक राम बाबु रेग्मीले आग्रह गरेका थिए । 

    उक्त तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्र्तराष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गरेका थिए भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो ।

    सुषमा पोखरेलका अनुसार दिनप्रतिदिन सुरक्षा सम्बन्धी समस्याहरु बढ्दै गैरहेको जटिल अवस्थामा सुरक्षा र आत्मरक्षाका सीपहरु सबैलाई अत्यावश्यक रहेको र किडपावर नेपालले देशैभरी यसलाई विस्तार गर्ने बताए । प्रशिक्षणका क्रममा सहभागी किशोरीहरुले शुरक्षाका विभिन्न समस्याहरु बताएका थिए भने प्रयोगात्मक सिकाई बढी लाभदायक भएको कुरा जानकारी गराएका थिए ।
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार