Sep 28 2024 | २०८१, असोज १२ गते

कुलेखानीको ड्याम भरिने अवस्थामा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह

कुलेखानीको ड्याम भरिने अवस्थामा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज ११ २०८१
  • कुलेखानीको ड्याम भरिने अवस्थामा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह

    बागमती । अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

    images
    images

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले आज साँझ सूचना जारी गर्दै कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्। 

    कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गरे।  मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्न समेत अनुरोध गरिएको उनले बताए । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार