images

Oct 06 2024 | २०८१, असोज २० गते

व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै

व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १६ २०८१
  • व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै

    तनहुँ । व्यास नगरपालिकाका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण प्रारम्भ भएको  छ । नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो । 

    images
    images
    images

    विश्व बैंकको आर्थिक सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनालेव्यासको  गौरव आयोजनामा समावेश भएको पराशर मार्गअन्र्तगत यस सडकको स्तरोन्नति थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताए । 

    पृथ्वीराजमार्गसँग जोडिएको व्यास नगरपालिक–१२ को  घाँसीकुवासँग जोडिनेगरी पोल्याङ, सेरा, बेलटारी, फराकचौर,अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै व्यास मार्गमा पर्ने कलेस्ती बजारसम्म पुग्ने १०.५५ किलोमिटर बाटो धमाधम कालोपत्र भइरहेको छ । 

    मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८३ लाख ३५ हजार  ९२१ मा निर्माण सम्झौता भएको यो  आयोजनाआगामी असारसम्ममा निर्माण कम्पनीले  सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।  प्रारम्भमा पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गको स्तरोन्नतिका लागि प्रस्ताव गरिएकामा चार वडा जोड्ने आयोजना छनोटमा परेको हो

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार