Sep 23 2026 | २०८३, असोज ७ गते

क्षति भएकै ठाउँमा होइन, नयाँ ठाउँमा बस्ती बसाउने सरकारको योजना

क्षति भएकै ठाउँमा होइन, नयाँ ठाउँमा बस्ती बसाउने सरकारको योजना

पुरानै ठाउँमा बस्ती र पूर्वाधार पुनःस्थापना गर्ने योजना छैन : पूर्वाधारमन्त्री लम्साल

सोमबार, असोज ५ २०८३
सोमबार, असोज ५ २०८३
  • क्षति भएकै ठाउँमा होइन, नयाँ ठाउँमा बस्ती बसाउने सरकारको योजना

    काठमाडौं, असोज ५ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीले क्षति पुर्‍याएकै स्थानमा फेरि बस्ती बसाउने योजना सरकारसँग नरहेको स्पष्ट पारेका छन्। बाढीपीडित नागरिकका लागि नयाँ सहर विकास गर्ने योजनामा सरकार रहेको उनले जानकारी दिए।

    सोमबार प्रतिनिधिसभाको विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षतिग्रस्त बनाएकै स्थानमा पुनः बस्ती बसाल्न असम्भव रहेको बताए। “अब हामी नयाँ सहर बनाउने अवधारणामा जानेछौं,” उनले भने। उनका अनुसार यसपटक भूकम्पपछिको पुनर्निर्माणभन्दा फरक तरिकाले अघि बढ्नुपर्ने अवस्था छ। जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा सबै कुरा फर्काउने योजना नरहेको उनको भनाइ थियो।

    मन्त्री लम्सालका अनुसार प्रस्तावित नयाँ सहरमा उद्योग, अस्पताल र विद्यालयलगायतका सबै आवश्यक सुविधा समेटिनेछन्। त्यसका लागि आवश्यक जग्गा सरकारले खरिद गरेर अघि बढ्ने योजना बनाएको उनले जानकारी दिए।

    उनले यो बाढीले स्थानीय सरकारलाई विपद्‍सँग जुध्न सक्ने गरी सुविधासम्पन्न बनाउनुपर्ने पाठ सिकाएको पनि बताए।

    गत भदौ १० गते रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने र पुनर्निर्माणलाई योजनाबद्ध बस्ती विकाससँग जोड्नुपर्ने माग विभिन्न तहबाट उठ्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट