Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २२ २०८१
  • राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएका छन् । 

    images
    images
    images

    निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो । 

    राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गरे । 

    त्यस अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एउटा आधार हो भने । उनेले निर्वाचनका माध्यमबाट जनताले लोकतान्त्रिक हकअधिकार प्राप्त गर्नसक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे ।

    साथै उनले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक छैन भने। “तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट