Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज २८ २०८१
  • मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

    मुग्लिन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । 

    images
    images
    images

    उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि  विजया दशमीको दिन असोज २६ गते र  एकादशीको दिन २७ गते दुई दिन पनि  केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ । 

     गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको  प्रवेशद्वार ‘बटम स्टेशन’ भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार