Jan 03 2025 | २०८१, पुस १९ गते

images
images

गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीले बोलाएको कोष सञ्चालक परिषद्को बैठक स्थगित

गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीले बोलाएको कोष सञ्चालक परिषद्को बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
  • गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीले बोलाएको कोष सञ्चालक परिषद्को बैठक स्थगित

    काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ ।

    images
    images
    images

    कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आइतबार बिहान बैठक बस्ने भनिएपनि उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेकाले बैठक स्थगित भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले रातोपाटीलाई जानकारी दिए ।  कात्तिक २ गते गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

     न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न सोमबारका लागि पेसी तोकिएको छ ।  

    यसअघि  कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार