images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

प्रदर्शन मत्थर पार्न प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा 

प्रदर्शन मत्थर पार्न प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा 

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
  • प्रदर्शन मत्थर पार्न प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा 

    काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पक्राउसँगै दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ ।  

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

    जसअनुसार पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट