images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार

नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
  • नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ । 

    images
    images
    images

    नेप्सेका अनुसार आज विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर रु आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन् ।

    आजको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फण्डको सूचक स्थिर छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    आज कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको नौ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत,  गुडविल फाइनान्स लिमिटेडको आठ दशमलव ४१ प्रतिशत, एनआइसी एसिया ऋणपत्र २०८२/८३ को पाँच दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट