images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतकाे अनुमति

लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतकाे अनुमति

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ४ २०८१
  • लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतकाे अनुमति

    पोखरा  ।  सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    images
    images
    images

    अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए।  म्याद थपसम्बन्धी बहस सकिएको र केहीबेरमा निर्णय हुने अदालत स्रोतले बताएको छ । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

    जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी जारी गरेसँगै शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे पोखरा ल्याइएको थियो । अदालतले शुक्रबार लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट