प्रधानमन्त्री ओली अस्वस्थ, नियमित भेटघाट सबै बन्द
प्रधानमन्त्री ओली अस्वस्थ, नियमित भेटघाट सबै बन्द
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ।