Dec 03 2024 | २०८१, मंसिर १८ गते

images

सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पूर्वगृहमन्त्री रविलाई पोखराबाट भैरहवा पठाइयो

सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पूर्वगृहमन्त्री रविलाई पोखराबाट भैरहवा पठाइयो

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २७ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २७ २०८१
  • सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पूर्वगृहमन्त्री रविलाई पोखराबाट भैरहवा पठाइयो

    पोखरा । मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ । बुद्ध एयरको जहाजमार्फत मंगलबार मध्याह्न उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  लामिछानेलाई  बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही पठाइएको हो ।

    images
    images
    images

    यसैबीच रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

    लामिछानेको  समर्थनमा रास्वपाले भैरहवामा प्रदर्शन थालिसकेको छ ।  बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

    यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो । कास्कीमा भने रविमाथि सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट