Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

सिस्ने खोलामा बिहीबारदेखि राजमार्ग आंशिक बन्द गरिँदै 

सिस्ने खोलामा बिहीबारदेखि राजमार्ग आंशिक बन्द गरिँदै 

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २८ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २८ २०८१
  • सिस्ने खोलामा बिहीबारदेखि राजमार्ग आंशिक बन्द गरिँदै 

    काठमाडौँ । नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत धादिङ जिल्लाको सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने भएको छ ।

    images
    images
    images

    नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बुधबार एक सूचना जारी गर्दै बिहीबार (२९ कात्तिक) देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने भएको छ । आयोजनाका अनुसार यस अवधिमा सडक २० मिनेट बन्द गरिने छ । त्यसपछिको २० मिनेट यातायात खुलाइने छ । सिस्ने खोलामा स्लोप कटिङ गर्ने काम जारी रहेका कारण राजमार्गमा आवतजावत प्रभावित हुने भएको हो ।

    यसअवधिमा सवारीसाधन रोक्दा लेन अनुशासन कायम राख्न आयोजनाले अनुरोध गरेको छ । ओभरटेक गरेमा कडा कारबाही हुने समेत आयोजनाको भनाइ छ । 

    noticed.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट