Jan 22 2025 | २०८१, माघ ९ गते

images
images

स्थानीय तहको उपनिर्वाचनः मनोनय दर्ताको समय निर्धारण

स्थानीय तहको उपनिर्वाचनः मनोनय दर्ताको समय निर्धारण

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २ २०८१
  • स्थानीय तहको उपनिर्वाचनः मनोनय दर्ताको समय निर्धारण

    मोरङ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको सयम तोकिएको छ । आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । 

    images
    images
    images

    स्थानीय तह उपनिर्वाचनअन्तर्गत कोसी प्रदेशमा एक गाउँपालिकाको अध्यक्षसहित आठ पदका लागि उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका साथै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुँरास नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र उदयपुरको बेलका नगरपालिका–९ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा पनि उपनिर्वाचन हुँदैछ ।

    ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरूलाई उम्मेदवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको छ । शुक्रबार विभिन्न राजनीतिक दलसहितको सर्वदलीय छलफलको निर्णयअनुसार दलहरूलाई उम्मेदवारी दर्ता गर्न छुट्टाछुट्टै समय दिइएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए ।

    उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने समय दिइएको छ । त्यस्तै, नेपाली कांग्रेसले २ बजे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई २ः३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १२ बजे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ११ बजे उम्मेदवारी दर्ता गर्नका लागि समय निर्धारण गरिएको अकिकृत पौडेलले बताए ।
     
    जनमत पार्टीलाई बिहान १०ः३० बजे, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई दिउँसो ३ बजे, नागरिक उन्मुक्ति पार्टीलाई ११ः३० बजे, मङ्गोल नेशनल अगनाइजेसनलाई १२ः३० बजे र समावेशी समाजवादी पार्टीलाई अपरान्ह् ४ बजे उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको छ ।

    सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार सर्वदलीय छलफलमा सहभागी राजनीतिक दलका लागि समय निर्धारण गरिएको र अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्धारण गरिएको बाहेकको समयमा उम्मेदवारी दर्ता गर्न सक्नेछन् । 

    ग्रामथानको अध्यक्ष पदका लागि एमालेका तुलसीराम विश्वास, नेपाली कांग्रेसका बलराम सरदार, नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी, नेकपा ९एस०का दिलबहादुर विश्वकर्मा र राप्रपाका दिवेश थान्दारको नाम सम्बन्धित राजनीतिक दलले यसअघि उम्मेदवारी घोषणा गरिसकेका छन् । 

    अन्य दलहरूले आजै उम्मेदवारी घोषणा गर्दै दर्ता गर्ने कार्यक्रम रहेको छ । ग्रामथानको उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार