Jan 09 2025 | २०८१, पुस २५ गते

images
images

उधौली पर्वरयोमरी पुन्हि (ज्यापु दिवस)रधान्य पूर्णिमामा सभापति देउवाको शुभकामना

उधौली पर्वरयोमरी पुन्हि (ज्यापु दिवस)रधान्य पूर्णिमामा सभापति देउवाको शुभकामना

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर ३० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर ३० २०८१
  • उधौली पर्वरयोमरी पुन्हि (ज्यापु दिवस)रधान्य पूर्णिमामा सभापति देउवाको शुभकामना

    काठमाडौँ । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

    images
    images
    images

    स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा कांग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

    सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्दै उनले शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गरेका छन् । यी पर्वहरूले नेपाली समाजमा सद्भाव बढाउँदै आएको छ ।

    यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास आफूले लिएको र यी महत्त्वपूर्ण पर्वका अवसरमा सबैमा उनले शुभकामना व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार