Jan 04 2025 | २०८१, पुस २० गते

images
images

कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त

कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १६ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १६ २०८१
  • कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त

    चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन् । 

    images
    images
    images

    आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए। उनले भने, “विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।” 

    निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए । 

    उनले भने, “कोइराला परिवार एक होइन विचार एक हुनु प-यो । विचार एक भए हुन्छ ।” महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट