Jan 05 2025 | २०८१, पुस २१ गते

images
images

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि रविसहितका प्रतिवादीतर्फको बहस

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि रविसहितका प्रतिवादीतर्फको बहस

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १९ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १९ २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि रविसहितका प्रतिवादीतर्फको बहस

    काठमाडौँ। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (शुक्रबार)देखि प्रतिवादीहरूतर्फको बहस सुरु हुँदैछ । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीतर्फको बहस हुन लागेको हो ।

    images
    images
    images

    अब आजदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार जाहेरवालाका तर्फबाट बहस सकिएको थियो ।

    जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बहस भइरहेको हो । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

    प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो । बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार