सुनको मूल्य तोलमा दुई हजारले बढ्यो
सुनको मूल्य तोलमा दुई हजारले बढ्यो
![](https://everestheadlines.com/storage/favicon.png)
![](https://everestheadlines.com/storage/favicon.png)
![सुनको मूल्य तोलमा दुई हजारले बढ्यो](https://everestheadlines.com/media-file/images/2023/08/1692079969-WD67g.jpg)
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो ।
बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।