माओवादी केन्द्रीय समिति बैठक , पूर्वउपराष्ट्रपति पुन पनि सहभागी (तस्बिरहरु)
माओवादी केन्द्रीय समिति बैठक , पूर्वउपराष्ट्रपति पुन पनि सहभागी (तस्बिरहरु)
![](https://everestheadlines.com/storage/favicon.png)
![](https://everestheadlines.com/storage/favicon.png)
![माओवादी केन्द्रीय समिति बैठक , पूर्वउपराष्ट्रपति पुन पनि सहभागी (तस्बिरहरु)](https://everestheadlines.com/media-file/images/2025/01/1736067877-apxsY.jpg)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ। काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबार बैँक्वेटमा दिउँसो १ बजेदेखि बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेश गर्दै छन्।
यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुनःनिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो। बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्।