Jan 08 2025 | २०८१, पुस २४ गते

images
images

भद्रपुर उडेको जहाजमा प्राविधिक समस्या भएपछि काठमाडौँ डाइभर्ट 

भद्रपुर उडेको जहाजमा प्राविधिक समस्या भएपछि काठमाडौँ डाइभर्ट 

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २२ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २२ २०८१
  • भद्रपुर उडेको जहाजमा प्राविधिक समस्या भएपछि काठमाडौँ डाइभर्ट 

    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ डाइभर्ट गरिएको छ ।

    images
    images
    images

    बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौँ डाइभर्ट गरेका हुन् ।

    विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

    काठमाडौँबाट १०:३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडानका विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार